Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंक र साना किसान विकास लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, ०७ : ५६ मा प्रकाशित

एनएमबि बैंक र साना किसान विकास लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ९ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन् । एनएमबि बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्न पुस २४ गते काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे तीसौं वार्षिक साधारणसभा बस्दैछ ।

साना किसान विकास लघुवित्तले असार मसान्तसम्म कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ । घोषित लाभांश पारितका लागि पुस २५ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ः१५ बजे २४ औँ वार्षिक साधारणसभा बस्दैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको