ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ औँ वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पुस २९ गते मंगलबार पोखरा लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रा.लि मा बिहान १० बजे तह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ । त्यसैगरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस