Like us!
Follow us!
Connect us!
Watch us!

वर्षदिनमै १० अर्ब ८५ ले बढ्यो गैरबैंकिङ सम्पत्ति, ४३ अर्ब नाघ्यो

अर्थ संसार

मंगलबार, ०८ पुस २०८२, १२ : २० मा प्रकाशित

वर्षदिनमै १० अर्ब ८५ ले बढ्यो गैरबैंकिङ सम्पत्ति, ४३ अर्ब नाघ्यो

वर्तमानमा वित्तीय प्रणाली फेरि गैर–बैंकिङ सम्पत्तिको प्रभावमा परेको देखिन्छ। पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूले अपनाएको कर्जा विस्तार नीतिले अपेक्षित नतिजा नदिँदा यसको प्रत्यक्ष प्रभाव गैर–बैंकिङ सम्पत्तिको वृद्धिमा देखिन थालेको हो। कर्जा असुली कमजोर रहँदा बैंकहरूले आफ्ना मुख्य व्यवसायभन्दा बाहिरका सम्पत्ति सम्हाल्न बाध्य भएका छन्, जसले वित्तीय क्षेत्रमा स्थायित्व सम्बन्धी प्रश्न उठाएको छ।

कर्जा तिर्न नसकेका ऋणीहरूले छाडेका घर, जग्गा, भवन र अन्य सम्पत्तिहरू लिलामी मार्फत बिक्री गर्ने प्रयास बारम्बार असफल हुँदा बैंकहरू आफैं ती सम्पत्तिहरू सम्हाल्न बाध्य हुन्छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ४३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा वाणिज्य बैंकहरूको गैर–बैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

गैर–बैंकिङ सम्पत्ति सबैभन्दा बढी हुने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ । समीक्षा अवधिमा बैंकको गैर–बैंकिङ सम्पत्ति १७.९८ प्रतिशतले वृद्धि भई ६ अर्ब ५ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

दोस्रो स्थानमा रहेको हिमालयन बैंकको गैर–बैंकिङ सम्पत्ति ६३.१० प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । तेस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकको गैर–बैंकिङ सम्पत्ति ४.७६ प्रतिशतले वृद्धि भई ४ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ ।

यसै अवधिमा नबिल बैंकको गैर–बैंकिङ सम्पत्ति ३०.३१ प्रतिशतले बढेर ३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २७.५५ प्रतिशतले वृद्धि भई ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । कुमारी बैंकको गैर–बैंकिङ सम्पत्ति भने ५.४८ प्रतिशतले घटेर २ अर्ब ५५ करोड रुपैयाँमा सीमित भएको छ । प्राइम बैंकको गैर–बैंकिङ सम्पत्ति उल्लेख्य रूपमा १४९ प्रतिशतले बढेर ४ अर्ब २३ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा सबैभन्दा कम गैर–बैंकिङ सम्पत्ति भएको बैंकका रूपमा नेपाल बैंक रहेको छ । बैंकको गैर–बैंकिङ सम्पत्ति २९.४५ प्रतिशतले वृद्धि भई २० करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको