Like us!
Follow us!
Connect us!
Watch us!

गौरी बहादुर कार्की आयोग बिरुद्द परेको रिट सर्वोच्च द्वारा खारेज

अर्थ संसार

शुक्रबार, ११ पुस २०८२, १७ : १० मा प्रकाशित

गौरी बहादुर कार्की आयोग बिरुद्द परेको रिट सर्वोच्च द्वारा खारेज

सर्वोच्च अदालतले  गौरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि  सरकारले गौरि  बहादुर कार्कीको अध्यक्षतामा बनाएको आयोगको  खारजीको माग गरि दायर रिट खारेज गरेको छ । आज सर्वोच्च अदातलतका न्यायधिस मनोजकुमार शर्मा, नहकुल सुवेदी, श्रीकान्त पौडेलको संयुक्त इजलासले जाँचबुझ आयोग खारेज गर्न माग गरि बिपिन ढकालले दायर गरेको रिट खारेज गरेको को । अदालतले रिट खारेज गर्दै निर्देसनात्मक आदेश जारी गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो। सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी छन्।

सुरुमा ३ महिना तोकिएको आयोगको अवधि सरकारले एक महिना थप गर्ने निर्णय गरिसकेको छ। योसँगै आयोगको म्याद माघ ९ गते सम्म कायम रहेको  छ।

आयोगले  पूर्वगृहमन्त्री रमेश लेखकलाइ बयान लिन बोलाएको छ लेखकले आफु सोमबार आयोगमा बयान दिन जाने बताएका छन् ।   पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिन बाँकी छ। ओलीले आयोग सुरु बिन्दुमा नृ पुर्वाग्रही भएकोले आफू आयोगमा बयान दिन नजाने अडान राख्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको