Like us!
Follow us!
Connect us!
Watch us!

पुस २२ गतेदेखि सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

आइतबार, १३ पुस २०८२, ०७ : ५५ मा प्रकाशित

पुस २२ गतेदेखि सुपर खुदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

सुपर खुदी हाइड्रोपावर लिमिटेडले यहि पुस २१ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्ने भएको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते अनुमति पाएको थियो । जसमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावितका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमध्ये ६ लाख २० हजार कित्ता लमजुङको मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ (साविक घनपोखरा गाविसको वडा नं. १, ५, ६, ७ र ८ र साविक खुदी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ । त्यस्तै बाँकी ९ लाख ३० हजार कित्ता मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १, ४, ५, ६, ७, ८ र ९ (साविक घनपोखरा गाविसको वडा नं. २, ३, ४ र ९, साविक ताघ्रिङ गाविसको वडा नं. १ देखि ९, साविक घेर्मु गाविसको वडा नं. १ देखि ९, सावकि बाहुनडाँडा गाविसको वडा नं. १ देखि ९, साविक भुलभुले गाविसको वडा नं. १ देखि ९ र साविक सिम्पानी गाविसको वडा नं. १ देखि ९) का स्थानीय बासिन्दाका लागि रहेको छ ।

आईपीओमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र बढीमा १ लाख कित्तासम्म माग गर्न सकिनेछ। आयोजना प्रभावितले पुस २२ गतेदेखि माघ ६ गतेसम्म र वैदेशिक रोजगारेले पुस २२ गतेदेखि पुस २९ गतेसम्म आवेदन दिन सक्नेछन्। तर यस अवधिमा मागभन्दा कम मात्रामा आवेदन परेको खण्डमा भने आवेदन अवधि लम्बिनेछ । आयोजना प्रभावितले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा र हिमालयन बैंकको भुलभुले शाखा कार्यालयमा आवेदन फाराम प्राप्त गर्न सक्नेछन्। वैदेशिक रोजगारेले धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यायलयबाट आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको