प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आम सर्वसाधारणले किन्न पाउने गरि १ लाख ७८ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम २७० रुपैयाँमा लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो । सेयर किन्नका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ताका लागि पेश गर्नु पर्नेछ । इच्छुक लगानीकर्ताले पुस १३ गतेदेखि पुस २१ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा आफूले किन्न चाहेको सेयर मूल्य खुलाएर बोलपत्र पेश गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस