Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ५ अर्ब माथि

अर्थ संसार

आइतबार, १३ पुस २०८२, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम साढे ५ अर्ब माथि

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.८३ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै आज सन्सेटिभ इन्डेक्स पनि ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । 

परिसूचक उच्च अंकले बढेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता सेयर ८९ हजार २५१ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५३ करोड १३ लाख ७० हजार ६१ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको