साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेर कारोबार भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको बजार आज १०.५३ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६२२.८८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ४५५.३१ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ ।
अघिल्लो दिन साढे ५ अर्ब माथिको कारोबार भएको बजारमा आज भने ४ अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३३७ कम्पनीका १ करोड ३७ हजार ३०७ कित्ता सेयर ६९ हजार ५४८ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस