Like us!
Follow us!
Connect us!
Watch us!

तनहुँ जलविद्युतको पीपीए सम्पन्न

मंगलबार, १५ फागुन २०७४, ०८ : ३४ मा प्रकाशित

तनहुँ जलविद्युतको पीपीए सम्पन्न

अर्थ संसार, तनहुँ - तनहुँको व्यास नगरपालिकास्थित निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ ।

पाल विद्युत् प्राधिकरण र आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरीदविक्री सम्झौतामा हस्ताक्षर भएको हो । अब केही दिनमै पीपीए मस्यौदा नेपाल विद्युत् प्राधिकरणमा पेश गरी ठेक्का प्रक्रियाको काम शुरू गरिने कम्पनीका प्रबन्ध निर्देशक प्रदीपकुमार थिकेले जानकारी दिए ।

प्राधिकरणले आयोजनाको पीपीए दर वर्षायाम र हिउँदयामको आधारमा निर्धारण गरेको छ । जेठ १६ देखि मङ्सिर १५ गतेसम्म प्रतियुनिट ७ दशमलव १० रुपैयाँ र मङ्सिर १६ देखि जेठ १५ गतेसम्म प्रतियुनिट १२ दशमलव ५० रुपैयाँ पीपीए तोकेको छ ।

हिउँदमा विद्युत्को माग बढी हुने र तुलनात्मक रूपमा ऊर्जा उत्पादन कम हुने हुँदा त्यसकै आधारमा पीपीए दर कायम गरिएको आयोजनाका सञ्चारविज्ञ सचेन गौतमले जानकारी दिए ।

यदि आयोजनाले उत्पादन गर्ने कुल वार्षिक ऊर्जाको न्यूनतम ३५ प्रतिशत हिउँदयाममा उत्पादन गर्न नसके प्राधिकरणले जलाशययुक्त आयोजनाका लागि तय गरेको पीपीए दर नपाउने गौतमले बताए ।

कम्पनीले आउँदो मे महीनाभित्र पहिलो र दोस्रो दुई चरणमा ठेक्का सम्झौता गर्ने तयारी गरेको छ । पहिलो चरणमा आयोजनाको हेडवक्र्स र विद्युत्गृह पर्छ भने दोस्रो चरणमा विद्युत्गृह र आयोजनाको सुरुङ निर्माण, इलेक्ट्रो मेकानिकल इक्विपमेण्ट आयात र जडानका कार्यहरू पर्छन् ।

आयोजनाले १० वर्षसम्म उत्पादन गर्ने कुल वार्षिक ऊर्जा प्रत्येक वर्ष ५८ करोड युनिट हुनेछ । कम्पनीलाई ऊर्जा मन्त्रालयले २०७४ पुस १३ गते उक्त क्षमताको उत्पादन अनुमतिपत्र दिइसकेको छ ।

२०७९ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजनाको कुल अनुमानित लागत ८० करोड ५० लाख अमेरिकी डलर छ ।

आयोजनामा नेपाल सरकार र विद्युत् प्राधिकरणको ८ करोड ६० लाख, एशियाली विकास बैङ्कको १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइकाले०को १८ करोड र युरोपेली लगानी बैङ्कको ८ करोड ५० लाख डलर लगानी रहने आयोजनाले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको