Like us!
Follow us!
Connect us!
Watch us!

पाल्पा सिमेण्टको साधारणसभा स्थगित

अर्थ संसार

मंगलबार, १५ पुस २०८२, १० : ५९ मा प्रकाशित

पाल्पा सिमेण्टको साधारणसभा स्थगित

पाल्पा सिमेण्ट इण्डष्ट्रिज लिमिटेडको वार्षिक साधारणसभा स्थगित भएको छ । कम्पनीले पुस १४ गतेका लागि बोलाइएको साधारण सभा स्थगित भएको जानकारी दिएको हो ।

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा पुस १४ गते सोमबार आयोजना गर्ने तयारी गरेको थियो । तर, पुस ९ गते नेपाल धितोपत्र बोर्डबाट प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति प्राप्त भएपछि साधारणसभा स्थगित गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेण्ट इण्डष्ट्रिजलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई निष्काशन गर्न अनुमति दिएको छ ।

यसअनुसार कम्पनीले कुल ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा ४९ अनुसार सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनीहरू समेत समावेश नगरी साधारण सभा गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम अर्को सूचना जारी नगरेसम्मका लागि साधारण सभा स्थगित गरिएको कम्पनीले स्पष्ट पारेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको