पछिल्ला दुई दिन नकारात्मक सर्किट लागेर कारोबार भएको विन नेपाल लघुवित्तको सेयर मूल्यमा पछिल्ला ६ कारोबार दिनमा २२ प्रतिशतको गिरावट आएको छ । आइतबार र सोमबार नकारात्मक सर्किट लागेको यो कम्पनीको सेयर मूल्य पछिल्लो ६ दिन २२.३५ प्रतिशतले घटेको हो ।
यो ६ दिनको अवधिमा विन नेपाल लघुवित्तको सेयर मूल्य ४३०.८ रुपैयाँले घटेको हो । पुस ६ गतेको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १ हजार ९२६ रुपैयाँ ९ पैसा रहेको थियो । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य घटेर १ हजार ४९६.८ पैसा पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस