Like us!
Follow us!
Connect us!
Watch us!

चार कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

आइतबार, १३ पुस २०८२, २० : १७ मा प्रकाशित

चार कम्पनीको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जी पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयरमा भाउ समायोजन भएको हो ।

सिनर्जी पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ४३०.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९१.०९ रुपैयाँ कायम भएको छ ।

यता, सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ४८९.५२ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार मूल्य ५१४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ६१५ रुपैयाँ कायम भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा भाउ समायोज हुँदा मूल्य १६५० रुपैयाँ कायम भएको छ । आइतबार यसको अन्तिम कारोबार भाउ १८१५ रुपैयाँ थियो । सोमबार समायोजित भाउलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको