नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णयप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले वैकल्पिक राजनीतिक शक्तिको दाबी गर्ने दलले गैरदलीय चुनावी सरकारमा मन्त्री रहेका व्यक्तिलाई राजीनामा नदिई उपसभापति बनाउनु कत्तिको उचित हो भन्ने प्रश्न उठाएका हुन्।
सोमबार मात्र रास्वपाले घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गर्दै उनलाई उपसभापति बनाउने निर्णय गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस