नेपाल स्टक एक्सेचन्च (नेप्से) मा मिथिला लघुवित्तको, छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी लघुवित्तहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन भएको हो ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन हुँदा भाउ १३२५.९५ रुपैयाँ कायम भएको छ । सोमबार अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यता, छिमेक लघुवित्त १२.५० प्रतिशतमा मूल्य समायोजन हुँदा मूल्य ९२८.८० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८०० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यसैगरी सपोर्ट लघुवित्तको ९.५० प्रतिशतमा बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ १७२२.३७ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस