नेपाल स्टक एक्सेचन्च (नेप्से) मा चिलिमे हाइड्रोपावर, निर्धन उत्थान लघुवित्त, अपर हेवाखोला जलविद्युत् , महुली लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र नेशनल लाईफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजना भएको छ । चिलिमे हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ४६९.३५ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ५०६.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
निर्धन उत्थान लघुवित्तको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ७१०.४८ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ७४६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो । यता, अपर हेवाखोला जलविद्युतको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ५२४.६१ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६२४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
महुली लघुवित्तको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा १२७९.१४ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १३३९.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा १११९.९६ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य १२१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना हुँदा ५८१.७३ रुपैयाँमा कायाम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ६०५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजान गरेको हो । । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर बिहीबार कारोबार खुला हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस