आज दुई कम्पनीको वार्षिक साधारणसभा आयोजना हुँदै छ । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन् ।
सिटिजन लाइफले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका लागि काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे ९ बजे सभा बस्दैछ । नेपाल एसबीआई बैंकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको निर्णय गरेको छ भने निर्णय पारितका लागि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्दैछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस