Like us!
Follow us!
Connect us!
Watch us!

साताको सेयर : करिब साढे १ प्रतिशत बढ्यो नेप्से, दैनिक औषत कारोबार ५ अर्ब ३ करोड

अर्थ संसार

शनिबार, १९ पुस २०८२, ०७ : ४८ मा प्रकाशित

साताको सेयर : करिब साढे १ प्रतिशत बढ्यो नेप्से, दैनिक औषत कारोबार ५ अर्ब ३ करोड

यो साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको छ । गत साता २५८५.८७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता १.३६ प्रतिशत अर्थात ३५.०५ अंक बढेर २६२०.९२ विन्दुमा पुगेको हो । 

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स ५.७६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ३ अर्ब ६७ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३७.१२ प्रतिशत बढेको हो । 

त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या २८.९७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १.४५ प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे १ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५८ अर्ब रुपैयाँ बढेर ४४ खर्ब रुपैयाँ पुगेको छ ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ । गत साता ८२८६.६६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५६.१४ अंक बढेर ८५४२.८० विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक यस साता सबैभन्दा कम ०.८० प्रतिशत बढेको छ ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ०.६७ प्रतिशत घटेको छ। गत साता ३७८३.३८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २५.३६ अंक घटेर ३७५८.०२ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको