Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिएकाई खुद सम्पत्ति मूल्य ९.३८

बुधबार, १६ फागुन २०७४, ०८ : ५६ मा प्रकाशित

ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिएकाई खुद सम्पत्ति मूल्य ९.३८

अर्थ संसार, काठमाडौं–  ग्लोबल आइएमइ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने ग्लोबल आइएमई समुन्नत योजना–१ को चालु आवको माघ मसान्तसम्ममा प्रतिएकाई खुद सम्पत्ति मूल्य  ९ दशमलव ३८ पुगेको छ ।

यस योजनाको प्रतिएकाई खुद सम्पत्ति मूल्य चालु आवको पौष मसान्तमा  ९ दशमलव ६४ रहको थियो । माघ मसान्तमा प्राप्त भइनसकेको आम्दानी १० करोड ९२ लाख ८७ हजार ऋणात्मक रहेको छ । सोही अवधिमा कुल नाफा पनि  ९५ लाख ७८ हजार ऋणात्मक रहेको छ ।

चालु आवको माघ मसान्तसम्ममा यो योजनाको बैङ्क मौज्दातमा  १४ करोड ४७ लाख रहेको छ भने ब्याज आम्दानी १ करोड ४४ लाख ८५ हजार रहेको छ ।

यस योजनाले धितोपत्रमा सूचीकृत भएका १९ कमर्शियल बैङ्क, १६ डेभलपमेण्ट बैङ्क, २३ माइक्रोफाइनान्स, ५ फाइनान्स कम्पनी, ६ हाइड्रोपावर कम्पनी, ८ लाइफ इन्स्योरेन्स, ८ ननलाइफ इन्स्योरेन्स कम्पनी, २ होटल, ३ म्युचुअल फण्ड, १ प्रिफरेन्स शेयर र २ अन्यमा गरी रू। ६० करोड ८१ लाख १० हजार बराबर सम्पतिको कारोबार गरेको छ । यस योजनाको व्यवस्थापकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

5a961e9a717b4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको