Like us!
Follow us!
Connect us!
Watch us!

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

अर्थ संसार

आइतबार, २० पुस २०८२, १३ : ४७ मा प्रकाशित

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही-२ बाट नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ। पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेल यस क्षेत्रबाट लगातार जित्दै आएका छन्।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देही-२ मा पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन जुटेपछि सर्वसम्मत निर्णय गरिएको हो। उनले भने कि जिल्लाका बाँकी चार क्षेत्रको उम्मेदवार निर्णय हुन अझै बाँकी छ। २०७९ सालअघि भएको निर्वाचनमा पौडेलले ठूलो मतान्तरले जीत हासिल गरेका थिए, तर पछिल्लो चुनावमा उनी रास्वपा का गणेश पौडेलसँग केवल १५०० मतान्तरले विजयी भएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको