साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजको कारोबार हुँदा नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ विन्दुमा पुगेको हो ।
आजको सेयर बजारमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ भने ७९ कम्पनीको बढेको छ । त्यस्तै आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंकले बढेर ४५१.०७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम ५ अर्ब माथिको भएको छ । आज सेयर बजारमा ३२३ कम्पनीका १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ७९ हजार ७०२ पटक खरिद बिक्री हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस