Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

अर्थ संसार

आइतबार, २० पुस २०८२, २० : ३० मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

नेपाल स्टक एक्सेचन्च (नेप्से) मा  जीवन विकास लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, प्राइम कमर्सियल बैंक  र नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन  भएको छ । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  १२९८.३३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १४८०.१० रुपैयाँलाई  आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यसतै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा  भाउ ४८०.७७ रुपैयाँमा कायाम भएको छ। आइतबारको अन्तिम कारोबार मूल्य ५०० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।

कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  ९८२.७३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १०८१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो । प्राइम कमर्सियल बैंक  ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  २३९.७२ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २५८.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।

त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  १७५३.१४ प्रतिशत रुपैयाँमा कायाम भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य १८४०.८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको छ । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको