सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट गर्ने भएको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ । आईपीओमा ६ हजार ८९६ जना आवेदकले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । यस पछि भने कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस