Like us!
Follow us!
Connect us!
Watch us!

कति पर्‍यो सालपा विकास बैंकको आईपीओमा आवेदन ?

अर्थ संसार

सोमबार, २१ पुस २०८२, ०८ : १६ मा प्रकाशित

कति पर्‍यो सालपा विकास बैंकको आईपीओमा आवेदन ?

सालपा विकास बैंकको आईपीओमा करिब २४ लाखको आवेदन परेको छ । बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४०७ जनाले आवेदन छन् । 

सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता सेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो । उक्त आवेदन माग भन्दा १९.३७ गुणा बढी आवेदन परेको छ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।

बैंकले अब बाँकी शेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको