Like us!
Follow us!
Connect us!
Watch us!

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

अर्थ संसार

मंगलबार, २२ पुस २०८२, ०८ : ५८ मा प्रकाशित

वीरगञ्जमा दिउँसो १ बजेसम्म लम्बियो कर्फ्यु

वीरगञ्जमा जारी कफ्र्यु दिउँसो १ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कफ्र्यु आदेश जारी गरेको हो ।

सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कफ्र्यु दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रजिअ भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण वीरगञ्ज अशान्त बन्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको