नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् । मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजीओ–डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताएका हुन् ।
‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्। विकासको नाममा एनजीओ÷डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।’
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस