Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँट हुन्छ सालपा विकास बैंकको आईपीओ ?

अर्थ संसार

बुधबार, २३ पुस २०८२, १५ : ५९ मा प्रकाशित

कहिले बाँडफाँट हुन्छ सालपा विकास बैंकको आईपीओ ?

सालपा विकास बैंकको प्राथमिक सयर (आईपीओ) आगामी पुस २५ गते शुक्रवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ  बाँडफाँटका लागि आवश्यक ‘प्रि–अलॉटमेन्ट’ को काम सम्पन्न भइसकेको छ ।

यस आईपीओमा लगानीकर्ताहरूको उल्लेख्य आकर्षण देखिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अन्तिम तथ्याङ्क अनुसार कुल २३ लाख ८३ हजार ४०७ जना आवेदकले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ता सेयरका लागि आवेदन दिएका छन् । यो मागभन्दा १९.३७ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि कुल १४ लाख ३९ हजार १७९ कित्ता सेयर निष्कासन गरेको थियो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा कुल आवेदक मध्ये १ लाख ४३ हजार ९१७ जनाले मात्रै १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् । बाँकी २२ लाख ३९ हजार भन्दा बढी आवेदकको हात भने खाली हुने देखिएको छ ।

यसअघि बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर छुट्टाएर बाँकी रहेको कित्ता सर्वसाधारणका लागि खुला गरेको थियो । खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको यस बैंकले आईपीओ मार्फत सङ्कलित रकम शाखा विस्तार र लगानीका अन्य क्षेत्रमा प्रयोग गर्ने योजना बनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको