Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य अंकको सुधार, ६ अर्ब २० करोडको कारोबार

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १५ : ०८ मा प्रकाशित

सेयर बजारमा सामान्य अंकको सुधार, ६ अर्ब २० करोडको कारोबार

बुधबार सेयर बजार सामान्य अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ विन्दुमा पुगेको हो । 

आज सेयर बजारमा १२५ कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । आजको कारोबार बन्द हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ५४५.७३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । 

आज सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर ७२ हजार ६७१ पटक खरिद बिक्री हुँदा ६ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको