Like us!
Follow us!
Connect us!
Watch us!

६ महिना सकिँदा ५ खर्ब ७४ अर्बको मात्रै राजस्व संकलन

अर्थ संसार

विहीबार, ०१ माघ २०८२, ०८ : ४३ मा प्रकाशित

६ महिना सकिँदा ५ खर्ब ७४ अर्बको मात्रै राजस्व संकलन

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा सरकारले करिब ६ खर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको हो । यो लक्ष्यको ८१.४० प्रतिशत हो ।

सरकारले पुससम्ममा ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो । त्यस्तै सरकारले पुस महिनाको लागि १ खर्ब ९० अर्ब ७७ करोडको लक्ष्य लिएकोमा ८८.६७ प्रतिशत लक्ष्य हासिल गरेको छ । पुस महिनामा सरकाराले १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ । पुस ३० गते मात्रै १७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

सरकारले चालु आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेकोमा पुस मसान्तसम्म ६ खर्ब ७२ करोड ८१ लाख रुपैयाँ संकल गर्ने लक्ष्य लिएको थियो भने ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो । उक्त आवको पुस महिनामा मात्रै १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको