Like us!
Follow us!
Connect us!
Watch us!

आधिकारिकता विवादमा कांग्रेस : निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता

अर्थ संसार

शुक्रबार, ०२ माघ २०८२, ११ : २९ मा प्रकाशित

आधिकारिकता विवादमा कांग्रेस : निर्वाचन आयोग पुगे देउवा पक्षका नेता–कार्यकर्ता

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो ।

यही पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई सभापति चुनेको थियो । यससँगै सभापति शेरबहादुर देउवा पक्षले र थापा पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सो निवेदनउपर छानबिन गरिरहेको आयोगले जनाएको छ ।

यसैबीच नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दैछन् ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ । खड्काले  पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागेको मुख्य सचिव पौडेलले जानकारी दिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको