Like us!
Follow us!
Connect us!
Watch us!

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पाँच अर्व बजारमा ल्यायो

शुक्रबार, १८ फागुन २०७४, १२ : ०० मा प्रकाशित

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले पाँच अर्व बजारमा ल्यायो

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज बजारमा पाँच अर्ब पठाएको छ ।

बैंकमा अधिक तरलताको अवस्था कमजोर हुँदै गएपछि राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थासँगको सरकारलेको ट्रजरी बिल सोझै खरिद बोलकबोल गरी पैसा पठाउन लागेको हो ।

अन्तर बैंकि व्याजदर पाँच प्रतिशत भन्दा कम भएकाले रिपो जारी गर्न नपाउँदा केन्द्रिय बैंकले सिधै बोलकबोलमार्फत ट्रेजरी बिल खरिद गर्ने व्यवस्था मिलाएको थियो ।

राष्ट्र बैंकले आज १२ बजेसम्म बोलकबोल मिति र समय तय गरेको राष्ट्र बैंकले अनलाईन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्नुपर्ने थियो ।

काउण्टरपार्टीले विक्री गर्न चाहेको नेपाल सरकारेको ट्रेजरी बिलको सिरिज नम्वर र परिणाम उल्लेख गर्नुपर्ने हुन्छ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिणामको बोल मूलयमा गर्नुपर्ने भन्दै राष्ट्र बैंकले काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारले ट्रजरी बिल बहु मूल्यमा केन्द्रिय बैकले खरिद गर्न सक्नेछ ।

यससम्बन्धी निर्णय वा बाँडफाँड तरलताको स्थिति तथा अल्पकालिन व्याजदर लगायतका परिसूचकहरुको आधारमा खुला बजार कारोबार सञ्चालन समितिले गर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको