Like us!
Follow us!
Connect us!
Watch us!
लगानीकर्तामा अन्योल कायमै

बढ्दो आपूर्ति र चर्काे व्याजदरको चपेटामा शेयर बजार

शुक्रबार, १८ फागुन २०७४, १४ : ४० मा प्रकाशित

बढ्दो आपूर्ति र चर्काे व्याजदरको चपेटामा शेयर बजार

अर्थ तन्त्र बुझेको नयाँ अर्थमन्त्री आगमनसँगै मंगलबार शेयर बजारमा सामान्य अंकले सुधार आएको भएपनि त्यो सुधार एक दिन पनि टिक्न नसकेर बुधबार दोहोरो अंकले घटेपछि लगानीकर्ता थप अन्यौल परेका छन् ।

बजारक किन घटिरहेको छ भन्ने विषयमा आ–आफ्नो धारण होलान् तर, यथार्थमा देखिने कारण भने बढ्दो आपूर्ति र चर्काे व्याजदर नै स्पस्टरुपमा देख्न सकिन्छ ।

नेप्सेमा गिरावट जारी रेहेपनि कारोबार भने उच्च भयो भनेर चित्ता बुझाउने बाहेक लगानीकर्ताले राहत लिनसक्ने अरु कुनै विषय बाँकी छैन ।

बजारक किन घटिरहेको छ भन्ने विषयमा आ–आफ्नो धारण होलान् तर, यथार्थमा देखिने कारण भने बढ्दो आपूर्ति र चर्काे व्याजदर नै स्पस्टरुपमा देख्न सकिन्छ ।

अर्थतन्त्र बुझेका अर्थमन्त्रीको आगमनलाई बजारले खासै रुचाएको वा नरुचाएको भन्नुभन्दा पनि मन्त्रीले ल्याउने बजारमैत्री नीति कस्तो हुनेछ सो हेरेर मात्र लगानीकर्ता आफ्नो ठूलो लगानी हाल्ने मुडमा देखिएका छन् ।

स्थायी सरकार र सोचेअनुसारको अर्थमन्त्री पाउँदाको वर्तमान अवस्थामा बजार लगानीयोग्य रकमको कमी भने उस्तै छ

सुधार गर्नुपर्ने पाटाहरु

अबका दिनमा शेयर बजारमा माथि जानका लागि शेयर कर्जाको व्याजदर घटाउने, मार्जिन लेन्डिङ्ग खुकुलो बनाउने, गैर आवासीय नेपालीको लगानी बजारमा भित्राउने, वातावरण निर्माण गर्ने,  बैक तथा वित्तीय संस्थाहरुलाई ब्रोकरको अनुमति प्रदान गर्दै

अर्थमनत्रीका आगामी कमदहरु कस्तो हुनेछन सो हेरेर मात्र लगानीको ठूलो निर्णय गर्ने मुडमा लगानीकर्ता देखिएकाले पनि बजार ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको देखिएको छ ।

मोफसलबाट समेत उच्च कारोबार हुने अवस्था सिर्जना गर्ने र लामो समयदेखि प्रतिक्षारत अनलाईन ट्रेडिङ्गको कारोबार छिट्टै हुने वातावरण निर्माणजस्ता चुनौति शेयर बजारमा सामू रहेको छ ।

शेयर बजारको विकासमा बाधक बन्दै आएको विविध विषय सहज बनाउँदै बजारको सन्तुलित विकासमा अर्थमनत्रीका आगामी कमदहरु कस्तो हुनेछन सो हेरेर मात्र लगानीको ठूलो निर्णय गर्ने मुडमा लगानीकर्ता देखिएकाले पनि बजार ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेको देखिएको छ ।

दैनिक कारोबार रकम ५० करोडभन्दा माथि नै भएको अवस्थाले भने बजारमा क्रेता र विक्रेताको उपस्थिति बाक्लो रहेको देखिएको छ । नेपाली शेयर बजारलाई अधिक आपूर्ति र तरलता अभावको निराकरणका उपाए खोजी जरुरी भएको छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको