एक बर्षमा बैंकहरुले सरकारलाई झण्डै ३३ अर्ब रुपैयाँ आयकर बुझाएका छन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा ३२ अर्ब ८० करोड १४ लाख ९७ हजार रुपैयाँ राजस्व तिरेका हुन् । बैंकहरूले बुझाएको राजस्व अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २३.५६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरूले सरकारलाई २६ अर्ब ५४ करोड ८० लाख रुपैयाँ कर तिरेका थिए।
नम्बर वानमा कुमारी हुँदा अन्य कुनले कति बुझाए ?
गएको आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीहरूमा कुमारी बैंक नम्बर वानमा परेको छ। गत आर्थिक वर्षमा बैंकले सरकारलाई ३ अर्ब ६६ करोड ५० लाख रुपैयाँ आयकर तिरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २६८.५८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले ९९ करोड ४४ लाख रुपैयाँ आयकर तिरेको थियो ।
कुमारीपछि धेरै आयकर तिर्नेमा नबिल बैंक छ । नबिलले ३ अर्ब २१ करोड ८० लाख रुपैयाँ आयकर तिरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३९ करोड ९० लाख रुपैयाँ आयकर तिरेको थियो ।
२ अर्ब रुपैयाँभन्दा माथि आयकर तिर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई र एभरेष्टले पनि २ अर्ब रुपैयाँभन्दा धेरै आयकर तिरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगाले २ अर्ब ८५ करोड ३९ लाख रुपैयाँ आयकर तिर्दा ग्लोबल आईएमई बैंकले २ अर्ब ५७ करोड ९३ लाख रुपैयाँ र एभरेष्ट बैंकले २ अर्ब ५३ करोड २७ लाख रुपैयाँ आयकर तिरेको हो ।
त्यस्तै सिटिजन्स बैंकले ५४ करोड ५१ लाख रुपैयाँ आयकर तिर्दा हिमालयन बैंकले ५७ करोड ३८ लाख रुपैयाँ आयकर तिरेको छ । प्रभु बैंकले गत आवमा ८६ करोड २४ लाख रुपैयाँ आयकर तिरेको छ । सिद्धार्थ बैंकले १ अर्ब ६४ करोड, राष्टिय वाणिज्य बैंकले १ अर्ब ६३ करोड, स्टान्र्डड चार्टड बैंकले १ अर्ब ५२ करोड, एनएमबि बैंकले १ अर्ब ४१ करोड, सानिमा बैंकले ९८ करोड ७९ लाख, नेपाल एसबिआई बैंकले ९० करोड ७४ लाख र माछापुच्छ्रे बैंकले ८९ करोड २८ लाख रुपैयाँ बुझाएका छन् ।
सबैभन्दा कम आयकर तिर्ने वाणिज्य बैंक एनआईसी एशिया रहेको छ । बैंकले ५ करोड ५१ लाख ५२ हजार रुपैयाँमात्र आयकर तिरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस