Like us!
Follow us!
Connect us!
Watch us!

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, १५ : ४८ मा प्रकाशित

नेक्सजेन म्यानेजमेन्टको विशेष साधारणसभा सम्पन्न

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । यही माघ ५ गते सोमबार आनन्दभूमि इभेन्ट्स काठमाडौंमा सम्पन्न भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए । 

सभाले कम्पनीको जारी तथा चुक्ता पुँजी ६२ करोड ५० लाख गर्ने प्रस्ताव पारित गर्याे  । यसअघि जारी तथा चुक्ता पुँजी ५० करोड थियो । त्यसैगरी संस्थापक र सर्वसाधरणको शेयर स्वामित्व ८०ः२० हुने गरी साविकको व्यवस्थामा पनि संशोधन पारित गरेको छ । नेक्सजेनले लगानी कम्पनीको रुपमा निकट भविष्यमा सेयर सर्वसाधरणमा सेयर जारी गर्ने गरी नेपाल धितोपत्र बोर्डको शर्तहरु पूरा गर्न तयारी गरिरहेको छ । कम्पनी तीन वर्ष भन्दा बढी अवधि सञ्चालन भईसकेको, तीन वर्ष लगातार खुद मुनाफामा रहेको, कम्पनीको नेटवर्थ अंकित मूल्यभन्दा बढी रहेकोले विशेष साधारण सभाबाट तोकेको पूँजी पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

कम्पनीले बिशेष साधारणसभाबाट प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन तथा सर्वसाधरणलाई शेयर जारी गर्ने शिलशिलामा आवश्यक तयारी र निर्णयको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । सभामा एक सय भन्दा बढी सेयरधनीहरुको उपस्थिति रहेको थियो । प्रबन्ध संचालक रमेश कुमार भट्टराईले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष देवेन्द्र प्रताप शाहले प्रतिवेदन पेश गरे । सेयरधनीहरुको जिज्ञासाको सञ्चालक विजय बहादुर शाहले उत्तर दिनुभएको उक्त कार्यक्रममा संचालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गरेका थिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको