Like us!
Follow us!
Connect us!
Watch us!

विशेष महाधिवेशनमा पार्टी विभाजन नहोस् भनेर गइनँ - शेखर कोइराला

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १५ : ४३ मा प्रकाशित

विशेष महाधिवेशनमा पार्टी विभाजन नहोस् भनेर गइनँ - शेखर कोइराला

प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको बताउँदै नेता कोइरालाले निर्वाचनले मुलुकलाई प्रष्ट निकास दिने दाबी गरे । साथै, उनले आफू विशेष महाधिवेशन जाँदा पार्टी विभाजन हुनसक्ने भन्दै मध्यमार्गी बाटो लिएको जिकिर गरे ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी फुटबाट जोगिन आफूले मध्यमार्गी दृष्टिकोण अपनाएको बताएका छन्। बिहीबार मोरङ क्षेत्र नम्बर ६, सुन्दरहरैंचामा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेता कोइरालाले पार्टीलाई बचाउन शान्त र सौम्य मार्ग अपनाएको स्पष्ट पारे। उनले प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी अघि बढिसकेको उल्लेख गर्दै, निर्वाचनले मुलुकलाई स्पष्ट निकास दिने दाबी गरे। साथै, विशेष महाधिवेशनमा जाने हो भने पार्टी विभाजनको जोखिम हुने भएकाले मध्यम मार्ग अपनाएको पनि उनले बताए।

उनले भने,‘म विशेष महाधिवेशनमा गएको भए पार्टी विभाजन हुन सक्थ्यो । पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएको हो।यो पार्टीको एउटा प्रक्रिया हो । आज डिला (डा. डिला संग्रौला) जी र म एकै स्थानमा छौं, निर्वाचन दौडमा सँगै हिडिराछौं । त्यसैले महाधिवेशनको विषय सकियो, त्यसतर्फ नजाऔं ।'

जेनजी आन्दोलन अघिसम्म यस क्षेत्र र मुलुकको हितमा सांसदको भूमिकामा रहँदा आफुले नीति निर्माणदेखि जनताको जीवन सहज बनाउने सुखद बनाउनेतर्फ केन्द्रीत रहेको कोइरालाको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको