Like us!
Follow us!
Connect us!
Watch us!

डा.अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १६ : ११ मा प्रकाशित

डा.अनुप बास्तोला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.अनुप बास्तोला नियुक्त भएका छन् । डा.बास्तोलालाई टेकु अस्पताल पठाउने निर्णय केही दिनअघि नै गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयमा तानेर फाजिलमा राखिएका बास्तोलालाई अनुभव अनुसारको जिम्मेवारी दिएर टेकु पठाइएको बताइएको छ । यसअघि यस अस्पतालको निर्देशक रहेका डा. युवानिधि बसौलालाई गण्डकी प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको थियो । डा.बसौलाको सरुवा भएपछि रिक्त रहेको निर्देशक पदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.बास्तोलालाई नियुक्त गरेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको