Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेसका मुख्य सचिवले दिए राजीनामा, नयाँ मुख्य सचिवमा कसको सम्भावना ?

अर्थ संसार

विहीबार, ०८ माघ २०८२, १६ : १३ मा प्रकाशित

कांग्रेसका मुख्य सचिवले दिए राजीनामा, नयाँ मुख्य सचिवमा कसको सम्भावना ?

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

नवनिर्वाचित सभापति गगन थापाले शुक्रबारदेखि केन्द्रीय कार्यालयमा उपस्थित भएर कार्यभार सम्हाल्ने भएपछि पौडेलले राजीनामा दिएका हुन्। पौडेल २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाको कार्यकालमा मुख्यसचिव नियुक्त भएका थिए।

नयाँ नेतृत्वलाई आफ्नो ढंगले काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको पौडेलले बताएका छन्। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले पार्टी सचिव कृष्णप्रसाद दुलाललाई मुख्यसचिव बनाउने तयारी गरेको बताइएको छ। विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन जनअधिकार फोरम २०७४ सालमा नेपाली कांग्रेसमा विलय हुँदा दुलाल पार्टी सचिव बनेका थिए। विशेष महाधिवेशनको पक्षमा पार्टी कार्यालयका सचिवहरूमध्ये दुलाल खुलेर लागेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको