Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंक साढे १ करोड नोक्सानीमा, अन्य सूचक कस्ता ?

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, ०८ : २४ मा प्रकाशित

सिन्धु विकास बैंक साढे १ करोड नोक्सानीमा, अन्य सूचक कस्ता ?

सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । जसअनुसार चालू आवको पुस मसान्तसम्म बैंक खुद घाटा बेहोरिरहेको हो ।

गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंक चालू आवको पुस मसान्तसम्म भने १ करोड ५४ लाख रुपैयाँ खुद घाटामा पुगेको वित्तीय विवरणले देखाएको छ । बैंकको खुद ब्याज आम्दानी भने ५ करोड ६६ लाख रुपैयाँबाट बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट बढेर ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी गत आवको पुस मसान्तसम्म बैंकले सञ्चालन खर्च बापत ८ करोड १४ लाख रुपैयाँ खर्च गरेकोमा चालू आवको पुस मसान्तसम्म सञ्चालन खर्च बापत ८ करोड ३६ लाख रुपैयाँ खर्चिएको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन ६ करोड ९५ लाख रुपैयाँबाट १ करोड ५५ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.५० रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको निष्क्रिय कर्जा ९.०६ प्रतिशतबाट घटेर ६.३९ प्रतिशतमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ९४.१९ रुपैयाँ रहेको छ ।

चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २२ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भ कोषमा १ करोड ९६ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकले ३ अर्ब २५ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५ अर्ब ६६ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको