Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नाफामा भारी गिरावट, इपीएस साढे ४ रुपैयाँमा सिमित

अर्थ संसार

बुधबार, १४ माघ २०८२, ०८ : ३५ मा प्रकाशित

सिटिजन्स बैंकको नाफामा भारी गिरावट, इपीएस साढे ४ रुपैयाँमा सिमित

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफामा भारी गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार गत आवको भन्दा ४५.७८ प्रतिशतले नाफा घटेको हो । 

बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आवको पुस मसान्तसम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा सामान्य बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कुल सञ्चालन आम्दानी ३ अर्ब ९३ करोड ४५ लाख रुपैयाँबाट बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

यता गत आवको ६ महीनासम्म बैंकले ९१ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवको पुस मसान्तसम्म घटेर ५० करोड ४१ लाख रुपैयाँमा झरेको बैंकको वित्तीय विवरणले देखाएको छ। नाफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ । खराब कर्जा (एनपीएल) भने ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ। बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको