Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ प्रतिशतले वृद्धि, कुन कम्पनीको व्यवसाय कति ?

अर्थ संसार

बुधबार, १४ माघ २०८२, १३ : ३३ मा प्रकाशित

निर्जीवन बीमा कम्पनीको व्यवसाय १३ प्रतिशतले वृद्धि, कुन कम्पनीको व्यवसाय कति ?

चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुससम्ममा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार गत आवको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १३.३७ प्रतिशतले बढेको हो ।  

चालू आवको पुससम्ममा ठूला निर्जीवन बीमा कम्पनीहरुले १४ लाख १९ हजार ५४८ ओटा बीमालेख विक्रीबाट २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्म कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ ओटा बीमालेख बिक्रीबाट २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । गत आवको तुलनामा चालू आवको पुससम्म कम्पनीहरूको व्यवसाय १३.३७ प्रतिशतले बढेको प्राधिकरणको तथ्यांकले देखाएको छ । यसैगरी गत आवको पुसको तुलनामा चालू आवको पुसमा कम्पनीहरूको व्यवसाय बढेको छ । कम्पनीहरूले गत आवको पुसमा ३ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा चालू आवको पुसमा ४ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । 

हाल १४ ओटा कम्पनीले निर्जीवन बीमा सेवा दिँदै आएका छन् । चालू आवको पुससम्ममा सबैभन्दा बढी शिखर इस्योरेन्सले २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ । यसैगरी चालू आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले पनि २ लाख ३० हजार ओटा बीमालेखमार्फत ६२ करोड ६७ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले १ लाख ६८ हजार बीमालेखमार्फत ४२ करोड २९ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका थिए । हाल नेपाल, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इस्योरेन्सले निर्जीवन लघुबीमाको कारोबार गर्दै आएका छन् ।
 

6979c108b8a50.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको