बुधबार सेयर बजार परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । अघिल्लो दिन उच्च अंकको गिरावट आएको बजारमा आज भने ५.३८ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३१.८९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको घटेको छ । आज ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.१९ अंकले घटेर ४६४.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य बढेको छ भने ५ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा करिब साढे ११ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३४ कम्पनीका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता सेयर १ लाख २१ हजार ९९२ पटक खरिद बिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ रुपैयाँको कारोबार भएका छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस