नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकि छिन् । यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष पौडेललाई आज नेपाल बीमा प्राधिकरणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस