Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक - स्वास्थ्यमन्त्री गौतम

अर्थ संसार

मंगलबार, १३ माघ २०८२, ०८ : ४० मा प्रकाशित

स्वास्थ्य बीमा कार्यक्रममा सुधार आवश्यक - स्वास्थ्यमन्त्री गौतम

स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याएकी छन् । सोमबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताईन् ।

‘स्वास्थ्य बीमा कार्यक्रमका लागि यस वर्ष सरकारले ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ’, मन्त्री  गौतमले भनिन्, ‘स्वास्थ्य बीमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन ।’

स्वास्थ्य बीमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ छ । ‘स्वास्थ्य बीमा हुनेखाने र निरोगीले पनि बीमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो’, मन्त्री गौतमले भनिन्, ‘तर धेरैजसो बिरामीले नै बीमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरू लेख्दा समस्या भइरहेको छ ।’

अस्पतालको फार्मेसी र बीमाबाट दिइने औषधिको मूल्यमा एकरुपता हुनुपर्ने र शय्या निःशुल्क रहेका अस्पतालले बीमाबाट भुक्तानी गर्न नहुने उनले बताईन् । मन्त्री गौतमले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने आश्वासन दिइन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको