सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुरको रौतामाई नगरपालिकामा पशुपंक्षी तथा विपद बीमा जोखि सम्बन्धी सचेतना सम्पन्न गरेको छ । कम्पनीले माघ १२ गते उदयपुर जील्लाको रौतामाई नगरपालिका वड़ा नं ७ को सभा हलमा कृषि, पशुपंक्षी तथा बिपद बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षता तथा रौतामाई नगरपालिका वड़ा न. ७ का अधक्ष्य मनोज कुमार राना मगरको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रम सञ्चालन भने गाईघाट शाखा प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।
कार्यालयका कृषि तथा पशु प्रविधिक, अन्य कर्मचारीहरु, प्रतिनिधि तथा अगूवा कृषकहरु गरी जम्मा ४० जनाको उपस्थिती रहेको उक्त कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स् कम्पनीका कृषि तथा पशुपक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी वीमा प्रकृया ,दावी समबन्धमा आवश्यक महत्वपूर्ण जानकारी गराएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस