आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आउनका लागि अब धेरै दिन बाँकी छैन् । ३२ दिन बाँकी रहँदा माघ महिनाको चिसोमा पनि देशको माहोला तातिएको छ । चुनावका लागि विभिन्न दलका विभिन्न उम्मेदावरदेखि स्वतन्त्र उम्मेदावरहरु पनि मैदानमा रहेका छन् । १६५ वटा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र ११० वटा सिटका लागि समानुपातीक प्रणालीबाट निर्वाचन हुने छ । जसबाट २७५ सदस्यीय संघीय सांसद चुनीने छन् ।
यो चुनावमा पाँच जना पूर्व अर्थमन्त्रीहरु चुनावी मैदानमा रहेका छन् । एमालेका उपाध्यक्ष विष्णु पौडेल, जनार्दन शर्मा, नेकपाका नेता बषमान पुन, कांग्रेस नेता प्रकाश शरण महत र ज्ञानेन्द्र कार्की चुनावी मैदानमा रहेका छन् । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही–२ बाट चुनावी मैदानमा छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका छन् । हालसम्म पौडेलले ८ पटक मन्त्री हुँदा धेरै समय अर्थ मन्त्रालयको नेतृत्व गरेका छन् । यस पटकको चुनावमा पनि उनी विजयी भएर सरकारमा गएको खण्डमा अर्थमन्त्री नै बन्ने निश्चित जस्तै छ । तर यो पटकको चुनावमा उनलाई रुपन्देही निर्वाचित हुनका लागि निकै धेरै मेहनत गर्नु पर्ने देखिन्छ । अघिल्लो पटक कांग्रेस माओवादीको गठबन्धन हुँदा पनि जितेका उनी यो पटक पनि निर्वाचित हुने दाबी गरिरहेका छन् । तर, जेनजी आन्दालेन पछि भने अवस्था फेरिएको छ ।
त्यो क्षेत्रका मतदाताले नयाँलाई छनोट गरेको खण्डमा उनको संसद यात्रामा ब्रेक लाग्न सक्छ ।
त्यसैगरी अर्का पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत नुवाकोट–१ बाट चुनावी मैदानमा छन् । उनी पहिलो पटक आफ्ना गृह जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस अघि समानुपातिक निर्वाचनबाट सांसद भएर अर्थमन्त्री निर्वाचित भएका थिए । पार्टी भित्रको आन्तरिक कलहले उनलाई निर्वाचन जित्नका लागि त्यति सजिलो भने देखिदैन् । अघिल्लो पटकको चुनावमा त्यो क्षेत्रबाट तत्कालिन नेकपा माओवादी निर्वाचित भएको थियो । त्यो बेला कांग्रेस र माओवादीको गठबन्धन रहेको थियो । अहिले सबै पार्टी एक्लाएक्लै चुनावी मैदानमा भएकाले त्यहाँको चुनावको नजिताका विषयमा यसै भन्न सक्ने अवस्था देखिदैन् । संघीय राजधानीसँग सिमाना जोडिएको क्षेत्र भएकाले त्यहाँ रास्वपाको पनि प्रभाव पर्ने निश्चित छ ।
त्यस्तै नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन् । गत चुनावमा उक्त क्षेत्रबाट जितेका उनी यो पटक पनि विजयी हुने दाबी उनको छ । तर, अघिल्लो पटक गठबन्धनबाट निर्वाचित भएका उनलाई यो पटक जित्नका लागि त्यति सहिजो पक्कै हुने छैन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट चुनावी मैदानमा छन् । तत्कालिन माओदीको आधार क्षेत्रमध्येको एक क्षेत्र हो रोल्पा । त्यहाँ पुनका राम्रो प्रभाव रहेको छ । माओवादीको आधार इलाका र यस अघि पनि निर्वाचन जित्दै आएकाले उनी यो पटक पनि निर्वाचित हुने निश्चित जस्तै छ । पौडेल, महत र कार्कीको तुलनामा पुनलाई निर्वाचन जित्नका लागि केही सहज छ । किन भने त्यो क्षेत्रमा तत्कालिन माओवादीको निकै प्रभाव रहेका छन् । के सम्म भनिन्छ भने प्रत्यक्ष तर्फ नेकपाले एक सिट मात्रै जित्यो भने त्यो रोल्पा नै हो । यो हिसाबले पनि पुन निर्वाचित हुने लगभग निश्चित देखिन्छ ।
त्यस्तै माओवादी पृष्ठ भूमि रहेका प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेता जनार्दन शर्मा कर्णाली प्रदेशको रुकुम पश्चिमबाट उम्मेदवार छन् । २०६४ देखि उनी त्यहाँबाट निर्वाचित हुँदै आएका छन् । पुष्पकमल दाहालसँग अलग भएर पार्टी निर्माण गरेका शर्मा त्यो क्षेत्रबाट निर्वाचित हुने निश्चित जस्तै देखिन्छ । तर, चुनाव अंक गणितमा यसै भन्न त सकिदैन । तर, उनको प्रभावका हिसाबले उनी पनि पूर्व अर्थमन्त्रीहरु मध्ये तुलनात्मक रुपमा सेफ जोनमा छन् । अर्को तर्फ उनले नेकपा एमालेसँग तालमेल समेत गरेकाले शर्माको जित सुनिश्चित रहेको उनी निकटहरुले बताउँने गरेका छन् ।
यसरी हेर्दा यो पटकको चुनावी मैदानमा रहेका ५ जना पूर्व अर्थमन्त्रीहरुमध्ये शर्मा र पुनको निर्वाचित हुने सम्भावना केही बढी देखिन्छ । पौडेल, महत र कार्कीको तुलनामा यी नेताहरु सेफ देखिन्छन् । तर चुनाव हो । मतदाताको मत कहाँ र कति बेला परिवर्तन हुन्छ भन्ने सकिने अवस्था छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस