Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान विकास लघुवित्तको दोस्रो त्रैमास - २६.४२ प्रतिशतले घट्यो नाफा ,अन्य सुचकको अवस्था कस्तो ?

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १० : १४ मा प्रकाशित

साना किसान विकास लघुवित्तको दोस्रो त्रैमास - २६.४२ प्रतिशतले घट्यो नाफा ,अन्य सुचकको अवस्था कस्तो ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको आम्दानी, नाफा तथा अधिकांश वित्तीय सूचकहरूमा गिरावट देखिएको छ।  

 खुद नाफामा २६.४२ प्रतिशतको गिरावट

गत आर्थिक वर्षको पुस मसान्तसम्म ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा २६.४२ प्रतिशतले नाफा घटेर ३८ करोड ९ लाख रुपैयाँमा सीमित भएको विवरणले देखाएको छ।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घट्यो

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९६ करोड ८१ लाख रुपैयाँबाट ३२.४१ प्रतिशतले घटेर ६५ करोड ४३ लाख रुपैयाँमा झरेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी पनि ९७ करोड ४५ लाख रुपैयाँबाट ३२.८४ प्रतिशतले घट्दै ६५ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।

 सञ्चालन नाफामा पनि उल्लेख्य कमी

कम्पनीको सञ्चालन नाफा पनि अघिल्लो वर्षको ७५ करोड २७ लाख रुपैयाँबाट २७.७० प्रतिशतले घटेर ५४ करोड ४२ लाख रुपैयाँमा झरेको छ।  

 खराब कर्जा बढ्दा वित्तीय दबाब

समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात २.२७ प्रतिशतबाट बढेर ४ प्रतिशत पुगेको छ, जसले कम्पनीको वित्तीय स्वास्थ्यमा थप दबाब सिर्जना गरेको देखिन्छ। 

प्रतिसेयर आम्दानीमा गिरावट

कम्पनीको प्रतिसेयर आम्दानी (EPS) २४.०१ रुपैयाँबाट घटेर १५.४६ रुपैयाँमा झरेको छ। प्रतिसेयर नेटवर्थ २१६.४८ रुपैयाँ कायम रहेको छ भने मूल्य–आम्दानी (P/E) अनुपात ४९.८७ गुणा रहेको छ।

पूँजी संरचना र कोष स्थिति

४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियम १ करोड ८२ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब ४६ करोड ७८ लाख रुपैयाँ र रिजर्भ कोषमा ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणले देखाएको छ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको