Like us!
Follow us!
Connect us!
Watch us!

सिनर्जी पावरको एजीएम - सेयरधनीभन्दा धेरै बाउन्सर, लगानीकर्ताको बहिस्कार बीच चुनाव

अर्थ संसार

सोमबार, १९ माघ २०८२, १६ : ०८ मा प्रकाशित

सिनर्जी पावरको एजीएम - सेयरधनीभन्दा धेरै बाउन्सर, लगानीकर्ताको बहिस्कार बीच चुनाव

नेपाल सरकारकाले जारी गरेको पत्रकार प्रेस कार्ड । त्यो कार्ड देखाएर सहजै रुपमा नेपालको सर्वोच्च प्रशासनिक निकाय सिंह दरबारसमेत सहज रुपमा प्रवेश गर्न पाइन्छ । तर, माघ १९ गते सीनर्जी पावर डेभलपमेन्ट कम्पनीको साधारणसभाको रिर्पोटिङ गर्न भने त्यो कार्डले मान्यता पाएन् । माथिको आदेश भन्दै कम्पनीले खटाएको सुरक्षाकर्मीहरुले साधारणसभा हुने हलमा त कुरै छोडौँ कम्पनीको  रेकर्ड हेरेर हलमा पठाउने ठाउँसम्म पनि प्रवेश दिइएन् । 

काठमाडौंको बौद्धमा रहेको बौद्ध हेरिटेजमा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको  १९ औँ वार्षिक साधारणसभा बोलाइएको थियो । यस अघि दुई पटकसम्म स्थगित भएको उक्त साधारणसभाका विषय रिर्पोटिङ गर्नका लागि बौद्ध पुग्दा अवस्था निकै अनौठो देखियो । धेरै साधारणसभामा रिर्पोटिङका लागि पुगियो । तर, सिनर्जीको साधारणसभामा भने पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको पाइयो । 

एउटा कुनै सार्वजनिक कम्पनीको साधारणसभाका विषयमा रिर्पोटिङ गर्नु पत्रकारको अधिकार हो । संविधानमा नै सुचनाको हकको व्यवस्था गरिएको छ । तर सिनर्जीको साधारणसभामा पुग्दा कम्पनीले सेक्युरिटि गार्ड प्रयोग गरेर पत्रकारलाई समेत प्रवेशमा रोक लगायो । निकै विन्त गर्दा पनि सुरक्षाका लागि खटिएका सेक्युरिटि गार्डहरु माथिको आदेश भन्दै रोकिरहे । सुरक्षाका लागि प्रहरी प्रशासनको सहयोग माग्नु पर्ने ठाउँमा कम्पनीले सेक्युरिटि गार्डले नभ्याउने अवस्था देखेर थप बाउन्सर बोलायो । साधारणसभामा केही प्रहरी समेत उपस्थित भएका थिए । उनीहरुले समेत माथिको आदेश भन्दै हामीहरुलाई प्रवेश गर्न नदिने बताए । प्रहरीलाई माथिको आदेश दिने को हो भन्दा उत्तर आएन् । 

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारण सभामा विवाद हुँदा केही सेयरधनीहरुले साधारणसभा बहिस्कार गरेका छन् । लगानीकर्ताको हस्ताक्षर नमिलेको भन्दै सभा स्थलमा जान नपाएको भन्दै लगानीकर्ताहरुले साधारणसभा बहिस्कार गरेर कानुनी लडाइमा जाने बताएका हुन् । काठमाडौंको बौद्धमा बिहान ९ बजेदेखि सभा सुरु हुने बताइएको थियो । यस अघि दुई पटक सम्म विवादका कारणले रोकिएको सभा जसरी पनि सक्ने पक्षमा कम्पनी व्यवस्थापन देखियो । विवादकै बीचमा निर्वाचनको प्रक्रिया सुरु भएर निर्वाचन भएको थियो । विहानै देखि अवस्था तनाबग्रस्त बनेको थियो । सुरक्षाका लागि व्यवस्थापन पक्षले बाउन्सरको प्रयोग गरेका थिए । प्रहरीको उपस्थिति भए पनि प्रहरीले केही गर्न सकेको थिएन् । 

एउटा सार्वजनिक कम्पनीको साधारणसभाको विषयमा रिर्पोटिङ गर्न गएका पत्रकारलाई समेत दुव्यवहार गरिएको थियो । उनीहरुले माथिको आदेश भन्दै पत्रकारलाई भित्र पस्न समेत दिएका थिएन् । यो विषयमा बुझ्नका लागि कम्पनीका अध्यक्ष र कम्पनी सचिवलाई फोन गर्दा उनीहरुले फोन उठाएनन् । कम्पनीको नेतृत्वमा रहेकाहरु भन्दा पनि कम्पनीका कर्मचारीहरुले असन्तुष्ट लगानीकर्ताहरुसँग जबाफ दिएका थिए । तर कर्मचारीहरुलाई लगानीकर्ताले सेयरधनीको बीचमा कर्मचारी बोल्ने भन्दा सम्बन्धित अधिकारी आउनु पर्ने लगानीकर्ताहरुको भनाइ छ । 

लगानीकर्ता केशब कोइरालाले गुण्डा राखेर साधारणसभा गर्न खोजिएको भन्दै जबरजस्ती गर्न लागिएको यो सभा अवैधानिक भएको बताए । ‘म सेयरधनी हो मेरो हस्ताक्षर रद्द गरिएको छ । मेरो हस्ताक्षर रद्द गर्ने को हो,’ उनले प्रश्न गरे । तर मेरो हस्ताक्षर आफ्नो प्रोक्सी रद्द भएको भन्दै उनले विरोध जनाए । मिति सकिएको पोक्सीको आधारमा साधारणसभा गर्न खोजिएको उनीहरुको भनाइ छ । मिति सकिएको प्रोक्सी गैरकानीनु हुने भएकाले यो सभा अवैध भएको लगानीकर्ता तिलक कोइरालाले बताए । प्रोक्सी दर्ता गराउनेहरुलाई समेत निस्सा नदिएको उनको आरोप छ । निस्सा नदिएका कारणले साधारणसभामा उपस्थित हुन नसकेको उनले बताए । 

आयोजकका तर्फबाट सुजन पौडेलले पत्रकारमाथि गरिएको दुव्र्यवहार गल्ती भएको स्वीकार गरे । उनले २० वर्ष देखि लगानी गर्नेहरु भन्दा २ वर्ष पहिले सेयर किन्नेहरुले लफडा गरेको बताए । ‘पोहोर सेयर किनेर आउने मात्रै लगानी कर्ता कि २० वर्षदेखि लगानी गर्नेहरु पनि लगानी कर्ता होला नि,’ उनले भने । निर्वाचनको उम्मेदवरालाई समेत हलमा जान रोक लागएको उम्मेदवार रहेका पुरुषोत्तम पौडेलले दाबी गरे । ‘म सञ्चालकका लागि उम्मेदावर हुँ । तर बाउन्सर लगाएर मलाइ हलमा जानबाट रोक लगाइएको छ,’  उनले भने ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको