विश्व बैंकले साना तथा मझौला उद्यम (एसएमई) को वित्तीय पहुँच विस्तार गर्दै रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवर्द्धन गर्ने उद्देश्यसहित नौ करोड ५० लाख अमेरिकी डलरको परियोजना स्वीकृत गरेको छ। वासिङटन डिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार उक्त परियोजनाबाट एक लाखभन्दा बढी एसएमई लाभान्वित हुने अनुमान गरिएको छ।
परियोजनामार्फत जोखिम साझेदारी विस्तार, वित्तीय दिगोपन सुदृढीकरण तथा महिलाद्वारा सञ्चालित व्यवसायलाई उत्पादन सुरु गर्न सहज बनाउन निक्षेप तथा कर्जा ग्यारेन्टी कोष (डिसिजीएफ) लाई थप सशक्त बनाइनेछ। यस सन्दर्भमा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले वित्तीय पहुँच सहज बनाइने, व्यवसायिक अवरोध घटाइने र वित्तीय समावेशिता विस्तार हुने उल्लेख गरेका छन्। साथै, एमएसएमईलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा जोड्न र निजी क्षेत्रको नेतृत्वमा रोजगारी सिर्जनामा योगदान पुग्ने उनको भनाइ छ।
‘दिगो तथा समावेशी वित्त परियोजना’ (एसआईएफ) विश्व बैंकको सहयोगमा २०२४ मा सम्पन्न वित्तीय क्षेत्र स्थायित्व तथा आर्थिक वृद्धिका लागि वित्तसम्बन्धी विकास नीतिगत कर्जा (डिपिसी) शृङ्खलाअन्तर्गत गरिएका सुधारको निरन्तरता हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस