Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय खर्च घट्दा मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

अर्थ संसार

शुक्रबार, २३ माघ २०८२, १० : १७ मा प्रकाशित

वित्तीय खर्च घट्दा मकर जितुमाया सुरीको नाफा सामान्य बढ्यो

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१ प्रतिशतले नाफा बढेको हो । 

कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ८ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफामा सामान्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको कुल नाफा २.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.५८ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा ९.१८ प्रतिशत घटेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८ पैसा बढेर २१ रुपैयाँ ६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.३१ गुणा रहेको छ । ७६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ११ करोड २८ लाख रुपैयाँ रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको