Like us!
Follow us!
Connect us!
Watch us!

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउँछौं - सभापति थापा

अर्थ संसार

आइतबार, २५ माघ २०८२, ११ : २९ मा प्रकाशित

स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजना बनाउँछौं - सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि बढाइने बताएका छन्।

आइतबार बिहान जारी गरिएको भिडियो वक्तव्यमा सभापति थापाले नेपालको स्वास्थ्य समस्याको दिगो समाधान स्वास्थ्य बीमा प्रणाली नै भएको उल्लेख गर्दै कांग्रेसले सरकारको नेतृत्व गरेमा यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वास्थ्य बीमा कार्यक्रम सुरु हुँदा आफू स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै उनले विभिन्न बिरामीसँग भेटघाट गरी उनीहरूको समस्या बुझिसकेपछि यो योजना अघि बढाइएको बताए।

त्यसक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अवधारणा समेत बुझ्ने प्रयास गरिएको उनले बताएका छन्।

‘नेपाली कांग्रेस पार्टीका तर्फबाट यो प्रतिबद्धता हो,’ सभापति थापाले भने,‘हामीले जिम्मेवारी पाउँदा स्वास्थ्य बीमाको कार्यक्रमलाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौँ ।’ त्यो बेला यतिधेरै मान्छेहरू मैले भेटेँ, जसले उपचार गर्दागर्दै आफ्नो धनसम्पत्ति सकिएको। बल्लबल्ल मिहिनेत गरेर गरिबीबाट बाहिर निस्किएको छ, परिवारको कुनै सदस्यलाई रोग लाग्यो, घरखेत जाने स्थिति बनेको । उसले के भन्दो रहेछ भने–एउटा नागरिकले आफ्नो खल्तीबाट कति खर्च गर्छ, त्यसको आधारमा राज्यले आफ्नो भूमिका निर्वाह गरेको छ कि छैन रु सामान्यतयाः २० प्रतिशत राज्यले खर्च गरेको हुनुपर्छ । हाम्रो सन्दर्भमा ५७ प्रतिशत देखाउँछ । तर म लामो समय रहन पाइनँ । पछि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा केही काम भयो । तर दुखद् अहिले यो कार्यक्रम अस्तव्यस्त भयो । मैले समाचार सुन्दा यो त बन्दै हुन्छ कि भन्ने किसिमका खबर आएका छन् । त्यसकारण यसलाई सच्याउनुपर्ने र सुधार गर्नुपर्ने छँदैछ ।’

जनस्वास्थ्यको त्यही समस्या समाधान गर्न आफूले स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको स्मरण गरे । त्यसका लागि चाहिने कानुन आफ्नै कार्यकालमा बनाएको उल्लेख गर्दै उनले त्यो कानुनले प्रत्येक नागरिकको बीमा गर्ने, बिमांकको केही अंश व्यक्तिले तिर्ने नसक्नेको अपांग, ज्येष्ठ नागरिकहरूको राज्यले तिरिदिने तय भएको बताए । सुरुमा बीमाको कार्यक्रम राम्रोसँग अघि बढेको पनि सभापति थापाले बताए ।

उनले भने ,‘सबैको बीमा गरिएको हुन्छ । त्यसले गर्दा स्वास्थ्यका धेरै कार्यक्रम एकीकृत गरेर राख्ने भन्ने थियो। तर म लामो समय रहन पाइनँ । पछि प्रदीप पौडेल स्वास्थ्य मन्त्री हुँदा केही काम भयो । तर दुखद् अहिले यो कार्यक्रम अस्तव्यस्त भयो,’ उनले भनेका छन्,‘मैले समाचार सुन्दा यो त बन्दै हुन्छ कि भन्ने किसिमका खबर आएका छन् । त्यसकारण यसलाई सच्याउनुपर्ने र सुधार गर्नुपर्ने छँदैछ ।नत्र यो चल्नसक्दैन । बीमा कार्यक्रम चलाउन आफूले प्रसस्त अध्ययन गरेर तयारी गरेको पनि सभापति थापाले बताए ।

पहिले औपचारिक क्षेत्रबाट सुरु गरेर त्यसपछि रक्सी, चुरोटजस्ता वस्तुमा कर लगाउँदै त्यताको रकम स्वास्थ्य बीमामा प्रयोग गर्नेगरी काम गर्ने उनले बताए । दोस्रोमा स्वास्थ्यका सबै कार्यक्रमलाई एकीकृत गरेर स्वास्थ्य बीमाको फ्रेममा राख्नुपर्ने उनले बताए । ‘यतिका कार्यक्रम छन्, सबै यत्रतत्र छरिएका छन् । अब त्यसरी हुँदैन, यसलाई बीमाभित्र ल्याउनुपर्छ,’ उनले भने ।

तेस्रोमा तीन तहका सरकारका कामलाई प्रणालीगत रूपमा एकीकृत गर्ने योजना रहेको उनले सुनाएका छन् । चौथोमा ‘गभर्नेन्स’को विषय रहेको उनले औँल्याए । ‘यतिधेरै चुहावट छ, यसलाई रोक्ने उपाय खोज्नुपर्छ,’ उनले भने, ‘रियल टाइम डिजिटलाइजेन गर्नेमा हामी छलफल गरिरहेका छौँ ।’

सेवालाई चुस्त दुरुस्त र प्रभावकारी कसरी बनाउने रु मागदाबीलाई तथ्यपरक कसरी बनाउनेरु दोहोरोपन हुन नदिने, बोर्डलाई कसरी बलियो बनाउने भन्नेमा काम गर्नुपर्ने उनले बताए ।

यसमा विस्तृतमा काम गरिएको उनले बताए । ‘पाँच वर्षको सरकार बनिसकेपछि पहिले अहिलेको अस्तव्यस्त हटाउँछौँ, त्यसपछि कभरेज बढाउँछौँ, र तेस्रोमा बीमा गरेका नेपाली नागरिकको जति उपचार खर्च लागे पनि सबै राज्यले जिम्मा लिने अवस्था आउँछ,’ सभापति थापाले भने ।

‘हेल्थ इज नट च्यारिटी, हेल्थ इज सेक्युरिटी । यो संवैधानिक अधिकार हो,’ सभापति थापाले अगाडि भनेका छन्,‘यसमा सरकारको जिम्मेवारी छ । यो जिम्मेवारी पूरा गर्न स्वास्थ्य बीमाको कार्यक्रम नै हो । यसमा हामीले योजना बनाएका छौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको