होटल फरेष्ट इनको आइपीओ भर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । होटलले कम्पनीले आम सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता र कर्मचारीहरुका लागि ८० हजार कित्ता छुट्टाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस